काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ २५ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ९८ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २९ पैसा र बिक्रीदर १६ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४ सय ७६ रुपैयाँ , बहराइन दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७५ रुपैयाँ ७४ र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
