आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण: कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड र स्वीस फ्रयाङ्कको भाउ बढेको छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ६६ पैसा तोकेको थियो ।

आज युरोपियन युरो एकको खरिददर १ सय ६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १ सय ६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ८३ पैसा थियो ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय २ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३  सय रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय २ रुपैयाँ र बिक्रीदर २ सय २ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार आज स्वीस फ्रयाङ्कको भाउ पनि बढेको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ८४ रुपैयाँ २९ पैसा तोकिएको छ । हिजो स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ८३ रुपैयाँ ८४ पैसा तोकिएको थियो ।

अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि बढ्यो

आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ पनि बढेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ ३९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १ सय ६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ २९ पैसा थियो ।

आज क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ १२ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ५८ पैसा थियो ।

आज सिंगापुर डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हिजो सिंगापुर डलर एकको खरिददर १ सय १८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *