Saturday September 30, 2023
१३ आश्विन २०८०, शनिबार
Edit Content

गतिशील समाजलाई गति दिन पत्रकारिता र सञ्चारको ठूलो हात रहेको कुरालाई कसैले नकार्न सक्दैन । समाजका लुकेका प्रतिभालाई निकालेर प्रस्तुत गर्ने अभिभारा अहिले सञ्चार जगतकै मात्रै जस्तो देखिएको छ । यस्तो परिप्रेक्ष्यमा हामीले समाजलाई अग्रगतिमा ल्याउन, अनि निष्पक्ष, कुनै पनि राजनीतिक पक्षपता रहित, समानुपातिक, समाबेशी, धर्मनिरपेक्ष र राष्ट्रियतामा आधारित पत्रकारिता, निष्पक्ष सञ्चारको नयाँ अभ्याससहित यस नयाँ सञ्चार डट कमले अहम् भूमिका खेल्नेछ । हुन त, सञ्चारमाध्यमदेखि धेरैजना डराउने, पत्रकारको नियतमा निरन्तर प्रश्नहरू उब्जिरहेको यो समयमा नयाँ सञ्चार एउटा सानो बालकको रूपमा जन्मिएर, संविधानले दिएको दायराभित्र रही सत्य, तथ्यको निष्पक्ष पैरबी गर्ने आँट यस नयाँ सञ्चार मिडियाले लिएको छ ।

हामी कसैको प्रिय र कसैको शत्रू बन्न यो मिडिया सुरू गरिरहेका छैनौं, तर हरेक जाति, हरेक भाषा, हरेक प्रदेश, हरेक क्षेत्र, हरेक धर्म, हरेक व्यक्ति, हरेक समाज र सामाजिक क्रियाकलापको अभिन्न अङ्गको रूपमा उभ्याउँदै दूधको दूध र पानीको पानी पैरबी गर्न जन्मिएका हौं । हरेक सामाजिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरणमा सञ्चारमाध्यमको अग्रणी भूमिका रहिआएको छ । यही परिस्थितिलाई विचार गर्ने हो भने, देस, समाज र विश्वलाई परिवर्तनको लागि अग्रसर गराउन सक्ने राष्ट्रको तेस्रो आँखा सञ्चार भएकोले हाम्रो यो जमर्कोले पनि सभ्य समाज विकासमा बढावा दिई, सम्पूर्ण विषयमा जनता र समाजलाई सुसूचित गराउने साथै सबै क्षेत्रका समस्या र विकासका गतिरोधहरूलाई सम्बोधन गरी पारदर्शी समाज निर्माणमा सहायता गर्ने यो एउटा सबैभन्दा कान्छो मिडियाको प्रयास हुनेछ ।

टीआरपी र ब्रेकिङको होडको डौडमा होइन सही सूचना र सत्य जानकारी सदैब हाम्रो प्रयास रहने छ । सबै वर्गका पाठकहरूले यस नयाँ सञ्चारले दिने समाचार र सामाग्रीलाई नियाल्दै बढाइदिन हुन हामी अपिल गर्दछौं ।

मिडिया र मिडियाकर्मी भए तापनि सबैजस्तै सर्वसाधारण जनताका छोराछोरी नै हौं भन्ने प्रमाणित गर्नु पनि यो मिडियाको एउटा अहम् भूमिका हुनेछ । हरेकसँग हातेमालो गरी समानता, राष्ट्रियता, भौगोलिक अखण्डतालाई ध्यानमा राखी यस नयाँ सञ्चारको नयाँ अभ्यासले सर्वसाधारणदेखि अतिविशिष्टसम्मलाई सम्बोधन गर्ने सामाग्री पस्किन समाचार सम्प्रेषणको कर्मलाई धर्म र पेशा ठानेर काम गर्नेछ ।

अहिलेको विश्वव्यापी महामारीको अवस्थामा संसारमा हजारौंको संख्यामा मृत्यु, लाखौंको संख्यामा संक्रमण, करोडौंको संख्यामा त्रास छ । काम र दामको लागि विदेशमा बसेर ज्यानको बाजी लगाइरहेका श्रमजीवि वर्ग, नेपालमा विभिन्न माध्यमहरूबाट विश्वव्यापी महामारीको प्रकोप बढिरहेको यो एकदमै विषम परिस्थिति र थुप्रै चुनौतिहरुकाबीच जन्मिएको यो सञ्चार शुद्ध र निष्पक्ष भएर बढ्ने कुरामा कुनै शंका छैन ।

विश्वसामु हाम्रो देशको शिर उच्च पार्नको लागि सूचना प्रणालीलाई निखारमा ल्याउन सबैको सहयोग, सल्लाह, सुझाव तथा रचनात्मक अनि सत्यतामा आधारित लेख, विभिन्न समाज र स्थानका ताजा घटना इत्यादि संकलनमा सहायता गरिदिनुहुन आशासहित हार्दिक अपिल गर्दछौँ ।

दैनिक जीवनमा यी चुनौतिहरू हाम्रो देशको सन्दर्भमाचाहिँ बेरोजगार, अशिक्षा र शिक्षाको पनि सदुपयोग हुन नसक्दा नेपाली कामदारहरू, विकासको आधारभूत–स्रोत युवा जनशक्ति अहिले खाडी मुलुकहरूमा न्यून तलबमा धेरै जोखिमपूर्वक काम गर्न बाध्य छन्। आज पनि दैनिक करीब १५ सय जना युवा श्रमका लागि प्रदेशिनुपर्ने बाध्यता यथावत छ।

यस नयाँ सञ्चारले सुरूवाती अभ्यासको मिर्मिरेमा दुईतिहाई बहुमत बोकेको वर्तमान सरकारको ध्यानाकर्षण पनि गराउँदछ । बालक जन्मिदाको रुवाईले बालक जिउँदोे छ भनी प्रमाण दिन्छ, अब यस सञ्चारले पनि जिउँदो शिशुको आवाजमा सरकारलाई आह्वानसहित जनताका हरेक चित्कार पोख्ने छ । टीआरपी र ब्रेकिङको होडको डौडमा होइन सही सूचना र सत्य जानकारी सदैब हाम्रो प्रयास रहने छ । सबै वर्गका पाठकहरूले यस नयाँ सञ्चारले दिने समाचार र सामाग्रीलाई नियाल्दै बढाइदिन हुन हामी अपिल गर्दछौं ।

विश्वसामु हाम्रो देशको शिर उच्च पार्नको लागि सूचना प्रणालीलाई निखारमा ल्याउन सबैको सहयोग, सल्लाह, सुझाव तथा रचनात्मक अनि सत्यतामा आधारित लेख, विभिन्न समाज र स्थानका ताजा घटना इत्यादि संकलनमा सहायता गरिदिनुहुन आशासहित हार्दिक अपिल गर्दछौँ । यो मिडियाको शिशु प्रयासलाई कुनै मिडियासँग प्रतिस्पर्धा गर्न, कुनै राजनीतिक पार्टी विशेषलाई बढावा दिन, कुनै धर्म र संस्कृतिलाई अहिलेको संसारमा विभिन्न व्यक्तिले गरेझैं अपमान गर्न, व्यक्ति विशेष मिडिया हुन, तथा संघीय व्यावस्थालाई पेच पार्न सुरू भएको होइन, र यसले सोझै पृथक प्रकारले सञ्चार जगतलाई सबल हुन सहायता गर्नेछ भनी विश्वास दिलाउन चाहन्छौं ।