आज पनि घट्याे सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको मूल्य तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *