प्रदिप खड्का, काठमाडाै । ओखलढुंगा जिल्लाको चम्पादेवी गा. पा. निबासी एमालेका पालीका अध्यक्षका प्रत्याशी कार्की भ्रष्टचारमा संलग्न भएको भन्दै अख्तियारले काट्यो पत्र !
एमालेबाट ओखलढुंगा चम्पादेबी गाउँपालिकाका २०७९ स्थानीय निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी खड्गबहादुर कार्की भ्रष्टचारमा संलग्न भएको भन्दै अख्तियारले आवश्यक कागजपत्र झिकाउन आदेशसहित पत्र काटेको छ । कार्कीलाई नै जवाफदेही बन्न भन्दै माघ २६ गते काटिएको एउटा पत्र सार्वजनिक भएको हो।
निज ठूलो खोला लघुविद्युत योजनाको अध्यक्ष समेत थिए । हाम्रो टीमले कार्कीलाई सम्पर्क गर्दा आफूले अध्यक्ष पद छोडेको ३ वर्ष भइसकेको जानकारी दिनुभयाे ! उहाँले पत्रमा भनिएको जस्तो कुनै हिनामिना आफूले नगरेको दावी गर्नुभयाे ।

सूचनामा उल्लेख गरेका कुरा झूटो रहेको उहाँको जिकिर छ, अझ कार्कीले उक्त पत्रबारे आफूलाई कुनै जानकारी नआएको समेत दिनुभयाे ।
राजनितिक रूपमा अस्थिर रहने कार्की लाभको पद प्राप्तिको लागि भने जस्तोसुकै गतिविधी गर्न समेत तयार रहने व्यक्तिका रूपमा परिचित पात्र हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचनताका तात्कालीन माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गर्नुभएकाे थियाे ! उनै कार्कीलाई अख्तियारले पत्र काटेको हो ।
