बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १हजार ३ सयले बढेर तोलाको १ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ९३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २ हजार २९० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २ हजार २५५ मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *