वडा अध्यक्ष साहको निधन

सप्तरी । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताउनुभयाे ।

जनता समाजवादी पार्टीबाट निर्वाचित  उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थियाे । उहाँका दुई छोरा र तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *