एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरू हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।

सुदूरपश्चिम रोयल्स यस सिजन पाँच खेल खेल्दै ६ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ । तीन खेलमा जित र दुईमा हार व्यहोरेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ सम्भावना थप बलियो बनाउने योजनामा हुनेछ ।
यता, जनकपुर बोल्ट्सका लागि पनि आजको खेल उत्तिकै महत्वपूर्ण छ । प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्न जनकपुरलाई जित आवश्यक देखिन्छ ।
प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा रहेको सुदूरपश्चिम र दबाबमा रहेको जनकपुरबीचको आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *