त्रिशूलीको कटानले सिमलतालमा सडक भासियो, मुग्लिन–नारायणगढ सडक जोखिममा

काठमाडौं । लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाव बढ्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएको छ ।

आइतबार बिहान करिब पौने ९ बजे नदीले सडकको तल्लो भाग कटान गरेपछि सडकको करिब आधा भाग भासिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक भासिएपछि उक्त स्थानमा सवारी आवागमन प्रभावित भएको छ । नदीको बहाव बढिरहेकाले थप क्षति हुन सक्ने जोखिम रहेको भन्दै सडक आसपास सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *