पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आइतबार बिहान खसेको पहिरोले स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरोमा परी घरधनी लिलबहादुरसँगै उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । प्रहरी टोलीले स्थानीयको सहयोगमा बेपत्ताको खोजी तथा उद्धार कार्य अघि बढाइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *