नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाको विस्तारित बैठक सम्पन्न

ओखलढुंगा । नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाको कार्यालय विस्तारित बैठक तथा राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

बैठकले ओखलढुंगा जिल्लामा पार्टीको राष्ट्रिय जागरण अभियान प्रभावकारी ढंगले सन्चालन गर्ने निर्णय गरेको जिल्ला संयोजक रामकुमार कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार पार्टीलाई थप मजबुत बनाउन केही जिम्मेवारी हेरेफेर समेत भएको छ ।

बैठकले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन तथा सफलतापूर्वक सम्पन्न गर्न अन्य महत्वपूर्ण निर्णयहरू गरेको छ ।

अभियानलाई जिल्लाका सबै स्थानीय तह तथा जनस्तरसम्म पुर्‍याउने र पार्टीको संगठनात्मक गतिविधिलाई थप सुदृढ बनाउने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *