पहिरोले अरनिको राजमार्ग अवरूद्ध, धुलिखेल–खावा सडकमा आवागमन ठप्प

काभ्रेपलाञ्चोक । पहिरो खसेपछि अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड पूर्णरूपमा अवरूद्ध भएको छ।

धुलिखेल नगरपालिका–८ जिप्लाङनजिकै सडक माथिबाट ढुंगामाटोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । राजमार्ग अवरुद्ध भएपछि धुलिखेलतर्फ तथा खावातर्फ जाने–आउने सवारीसाधन रोकिएका छन् ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *