तिनाउले ६ घर बगायो, बस्ती जोखिममा

बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका- ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ । नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको हो ।

लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेको थियो । बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *