बसको ठक्करबाट महिलाको मृत्यु

सल्यान । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले पैदलयात्री छत्रेश्वरी गाउँपालिका–७ की ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रेउलेको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

बस चालक कुमाख गाउँपालिका–३ निवासी करिब ३० वर्षीय डिल्ली बुढा रहेको प्रहरीले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *