हर्कराज राईको प्रश्न: नेपालीलाई भारतीय सुरक्षकर्मीले हप्कीदप्की गरे, रक्षामन्त्री खोई ?

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएको सांसद हर्कराज राईले प्रधानमन्त्री संसदमा उपस्थित भएर आफूहरूको प्रश्नको जवाफ दिनु पर्छ भन्ने माग गरेको ११ दिन वित्दा समेत प्रधानमन्त्री बालेन शाह संसदमा नआएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको वैठकमा उहाँले अहिले सरकारको रक्षामन्त्री को हुनुहुन्छ बोलाई दिन अनुरोध गर्दछु भन्दै राईले सुस्तामा भारतको सशस्त्र सुरक्षा बल (एसएसबी) आएर नेपाली दाजुभाइहरूलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइहरू चाँहि आफ्नो भूमिको सुरक्षाको लागि निहत्था लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भइरहेको बताउनुभएको छ ।

सांसद राईले भन्नुभयो, ‘त्यस विषयमा नेपाल सरकारको रक्षामन्त्रीले, प्रधानमन्त्री त संसदमा आउनु हुन्न, रक्षामन्त्री हुनुहुन्छ भने खोजेर ल्याई दिनु पर्यो हामी यहाँ प्रश्न गर्न चाहन्छौं । उहाँले प्रश्न गर्नुभयो, ‘हाम्रो नेपाली सेना चाँहि के कसम आएर सीमामा जानै नहुने गरी बसेको छ ?’ उहाँले नेपाली सेनाले सीमानामा चिहाउन, अवलोकन समेत गर्न नमिल्ने नेपाल सरकारले के करार गरेको रहेछ भन्ने प्रश्न गर्दै सांसद राईले भन्नुभयो, ‘कि त्यो करार सन्धी हामीलाई संसदमा देखाई दिनु पर्‍यो ।’ खुल्ला सीमाना सँधै यसरी नै मिचिने, मिचिदै आएको बताउँदै प्रश्न गर्नुभयो, ‘सीमानामा हाम्रो सेना किन पठाउन सकेका छैनौं ।’ उहाँले संसदमै गृहमन्त्री समेत रहेको बताउँदै विशेष समय लिएर भए पनि यस विषयमा उत्तर दिनु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *