त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाए, चालकको अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि चालकले नै बसमा आगजनी गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक बसभित्रै रहेको र बाहिर ननिस्किएको आधारमा प्रहरीले चालक स्वयंले आगो लगाएको आशंका गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पनि चालकले आगजनी गरेको हुन सक्ने भन्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आगलागीको वास्तविक कारण खुलिसकेको छैन । यद्यपि, ट्राफिक प्रहरीसँग भएको विवादपछि चालकले बसमा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ ।
आगलागीमा परी घाइते भएका बस चालक काभ्रेका २५ वर्षीय दावा लामालाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *