आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय १ रुपैयाँ ८९ पैसा र बिक्रीदर २ सय २ रुपैयाँ ७१ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १६ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १० पैसा र बिक्रीदर २१ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९० पैसा र बिक्रीदर ४० रुपैयाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४ सय ८२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ सय ९० रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८० रुपैयाँ ७० पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ २६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *