आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ११ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४ सय ७२ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ५० पैसा रहेको छ ।

ओमनी रियाल एकको खरिददर ३ सय ७३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *