काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १ सय ४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ११ पैसा, स्वीस फ्रयांक एकको खरिददर १ सय ८० रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ८१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ ४० पैसा, सिंगापुर डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ६५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४ सय ६७ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ सय ८१ रुपैयाँ २७ पैसा , ओमनी रियाल एकको खरिददर ३ सय ७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३ सय ७३ रुपैयाँ ३७ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
