राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार जेलमुक्त हुनुभएकाे छ । मंगलबार दिउँसो जेनजी युवाहरूले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् ।

सहकारी ठगी गरेकाे आरोपमा उहाँ नख्खु कारागारमा रहनुभएकाे थियाे ।

नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार युवाहरूले ढुंगा मुढा गरेका थिए ।  कारागारमा रहेका अरू कैदीहरूको सुरक्षाका लागि उहाँलाई छाडिदिएकाे नख्खु जेलका प्रमुख सत्यराज जोशीले बताउनुभयाे ।

जेनजी युवाहरूकाे साेमबारदेखिकाे जारी प्रदर्शनले रविलाई जेलमुक्त गर्ने बाटाे खाेलिदिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *