३ दिनका लागि टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ ।

विषम परिस्थितिलाई मध्यनजर गर्दै टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको हाे ।

यो सेवा हिजो रातिदेखि सक्रिय भएको छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिनुभयाे ।

यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् ।

प्रवक्ता मानन्धरका अनुसार यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *