राज्यका ३ वटै अङ्ग जेनजीको नियन्त्रणमा

काठमाडौं । सोमबारबाट सुरू भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् ।

जेनजी आन्दोलन चर्किँदै जाँदा देशका तीनवटै प्रमुख राज्यअंग आन्दोलनकारीको नियन्त्रणमा पुगेका हुन् ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । उनीहरूले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।

सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *