काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १ सय ६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १ सय ८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ २० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १ सय ७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १ रुपैयाँ ९१ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ९ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २ पैसा र बिक्रीदर १८ रुपैयाँ १० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ सय ६१ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६५ रुयैयाँ २५ पैसा र बिक्रीदर ३ सय ६६ रुपैयाँ ८१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
