सुनको मूल्यमा आज सामान्य वृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।

गत आइतबार प्रतितोला सुन १ लाख ८४ हजार १ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *