काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ १३ पैसा र बिक्रीदर १४६ रूपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रूपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ११ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९ रूपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३६ पैसा कायम भएको छ ।
