हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा परेको छ । बिहीबार बिहान ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिकै गाडी सडकबाट करिब ५०० मिटर तल खसेको हो ।
प्रारम्भिक जानकारीअनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको उक्त गाडीमा चालकसहित १४ जना सवार थिए ।
दुर्घटनालगत्तै उद्धारका लागि मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमाण्डमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ४८ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
दुर्घटनामा मानवीय क्षति भए/नभएको र घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
