आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ २८ पैसा, बिक्रीदर १ सय ३८ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ५३ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ ६९ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा, बिक्रीदर ८६ रुपैयाँ १२ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९६ पैसा, बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १ रुपैयाँ १९ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ६३ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा, बिक्रीदर ८ रुपैयाँ ९२ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा, बिक्रीदर ३७ रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा, बिक्रीदर ३८ रुपैयाँ ९ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *