जिल्ला स्तरीय अभिमुखीकरणका लागि एमाले शीर्ष नेताहरू धनकुटा आउँदै

सन्तोष रूचाल, धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेल सहितका शीर्ष नेताहरू आज धनकुटा आउने हुनुभएकाे छ ।
माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लाग्नुभएकाे हाे ।
कार्यक्रमलाई एमाले महासचिव पोख्रेल सहित पार्टीका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्नुहुनेछ ।
धनकुटाको सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरू हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयाे ।
कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ । एमाले, माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रूपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ । यो अभियानमा सङ्गठनका कमीकमजोरीको मुल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्वोधनको प्रयास गरिने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *