यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ १९ पैसा, बिक्रीदर १ सय ३८ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ १७ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ ७९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५१ रुपैयाँ ५४ पैसा, बिक्रीदर १ सय ५२ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८३ पैसा, बिक्रीदर ८६ रुपैयाँ २० पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा, बिक्रीदर ९६ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १ रुपैयाँ ७ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८७ पैसा, बिक्रीदर ८ रुपैयाँ ९१ पैसा तय भएको छ ।

साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा, बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा, बिक्रीदर ३८ रुपैयाँ ८ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *