काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन आजका लागि पनि १ लाख ५२ हजार रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रूपैयाँ निर्धारण गरिएको छ ।
![]()
