६ वटा परकम्प गइसक्यो, ठूलो परकम्प आउन सक्छ: भूकम्पविद् लोकविजय

काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयाे ।

“हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले भन्रुभयाे, “४ भन्दा तलका परकम्प त धेरै नै गइसकेका छन् । ४ देखि ५.२ सम्मका ६ वटा परकम्प गएका छन् ।”

यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उहाँले जानकारी दिनुभयाे । “अहिलेसम्म आएका परकम्पभन्दा ठूलो परकम्प जाने सम्भावना रहन्छ,” उहाँ प्रष्ट पार्नुहुन्छ, “यद्यपि, ७ म्याग्निच्युडभन्दा ठूलो भने हुने सम्भावना कम हुन्छ ।”

तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *