काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३४ रुपैयाँ ८८ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ४३ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ ६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५३ रुपैयाँ १० पैसा, बिक्रीदर १ सय ५३ रुपैयाँ ७८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा, बिक्रीदर ८८ रुपैयाँ १५ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा, बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ६४ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९ रुपैयाँ ३ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा, बिक्रीदर ३६ रुपैयाँ ६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ, बिक्रीदर ३७ रुपैयाँ १७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

