मकवानपुर । कुलेखानी जलाशय मा पानीको सतह आज बिहान ५ बजेसम्म १५२५.११ मिटर मापन गरिएको छ ।
यस जलाशयमा १५३० मिटर सम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेको छ र अहिले पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ ।
अहिले निरन्तर वर्षा भइरहेकोले जलाशय हिजो–अस्तिको भन्दा केही द्रुत गतिमा सतह बढी रहेको छ । पानीको सतह थपिँदै गएर १५२७ मिटर पुगेमा पहिलो साइरन बज्ने छ ।
क्रमशः ३ पटक साइरन बजेपछि पानीको सतह १५३० मिटर पुगेको हुनेछ र बिस्तारै बाध (ड्याम)को मुख्य ढोका खोलिने छ ।
