काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली महाराजगञ्जस्थित जबराको निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार कार्यालय प्रमुख एसएसपी सन्तोष खड्का स्वयं उनलाई पक्राउ गर्न पुग्नुभएकाे थियाे ।
जबराविरूद्ध हाल कुनै मुद्दा दर्ता नरहेको र पक्राउका लागि अदालतबाट पुर्जीसमेत जारी नभएको प्रहरी स्रोतको दाबी छ । त्यसैले उनलाई कुन आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन ।
पक्राउपछि जबरालाई काठमाडौंकै एक प्रहरी कार्यालयमा राखिएको स्रोतले जनाएको छ । उनलाई अपराध अनुसन्धान कार्यालय, टेकुको हिरासतमा भने नराखिएको बताइएको छ ।
जबरालाई नियन्त्रणमा लिनुको कारण र घटनाबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ ।
