भोटेकोशी बाढी: सम्पर्कविहीनको दोहोरो नाम यकिन गर्न ७५ जिल्लासँग छलफल

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीसँग भर्चुअल छलफल गरिएको छ ।
प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको छलफलमा सम्पर्कविहीन व्यक्तिहरूको नाममा देखिएको दोहोरोपन हटाउने र वास्तविक तथ्यांक यकिन गर्ने विषयमा गहन छलफल भएको हो ।
सम्पर्कविहीन व्यक्तिहरूको नाम सम्बन्धित जिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोटमा समेत आफन्तले टिपाएको पाइएपछि एउटै व्यक्तिको नाम दोहोरिएको हुन सक्ने विषयमा छलफल केन्द्रित थियो ।
छलफलमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आफ्नो जिल्लामा तथ्यांक रुजु गरी यकिन भएका विवरण ‘सेतु एप’मा प्रविष्ट गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *