काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २ सय ५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २ सय ६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९ छ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय ११ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय २० रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०० पैसा र बिक्रीदर ४१ रुपैयाँ, १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७१ पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २४ रुपैयाँ ०४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ५ सय १ रुपैयाँ ५० पैसा र बिक्रीदर ५ सय ३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय ७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४ सय ९ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ सय १ रुपैयाँ १९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
