आजकाे लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १ सय ४४ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १ सय ७० रूपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १३ रूपैयाँ २८ पैसा र बिक्रीदर १ सय १३ रूपैयाँ ७५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५५ पैसा र बिक्रीदर चार रूपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८४ पैसा र बिक्रीदर नौ रूपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७२ रूपैयाँ १२ पैसा र बिक्रीदर ४ सय ७४ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३ सय ८४ रूपैयाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७४ रूपैयाँ ७८ र बिक्रीदर ३ सय ७६ रूपैयाँ ३४ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १ सय ६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *