काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।
केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १ सय ४५ रूपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १ सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ २२ पैसा रहने छ ।
यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १ सय ९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १ सय ८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रूपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १३ रूपैयाँ ५० पैसा र बिक्रीदर १ सय १३ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ५६ पैसा र बिक्रीदर चार रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८८ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९१ पैसा र बिक्रीदर नौ रूपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १० पैसा र बिक्रीदर १६ रूपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८३ पैसा र बिक्रीदर २२ रूपैयाँ ९३ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८ रूपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ७२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४ सय ७४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३ सय ८४ रूपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ७५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३ सय ७६ रूपैयाँ ६५ पैसा रहेको छ ।
भारतीय रूपैयाँ १०० को खरिददर १ सय ६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
