घट्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५ सय २० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *