काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १ सय ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १ सय ४० रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको थियो ।
युरोपियन युरो एकको खरिदर १ सय ६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १ सय ९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ९२ रुपैयाँ ५२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिदर १ सय २ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ६१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४ सय ६३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ७५ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ६५ रुयैयाँ ४५ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ०१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
