प्रथम एशियन मिक्स बक्सिङ्ग च्याम्पियनसिप सम्पन्न

काठमाडौं । प्रथम एशियन मिक्स बक्सिङ्ग च्याम्पियनसिप गेम आज मिति २०८२ साल जेठ १७ गते बुडानिल्कण्ठ बैंक्वेटमा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन बुढानीलकण्ठ नगरपालिकाका उपमेयरको प्रमुख आतिथ्य र सोही नगरपालिकाका वडाध्यक्ष तथा नगरपालिकास्तरीय खेलकुद विकास बोर्डका अध्यक्ष सुक्मान तामाङको अध्यक्षतामा समापन भएको थियो ।
उक्त उदघाटन समारोह आफ्नो देश नेपाल र विभिन्न सहभागी खेलाडीहरूको देशको पनि राष्ट्रिय गान गाएर, विभिन्न अतिथिहरूको उपस्थितिमा नारायणथानमा बुढानीलकण्ठमा भएको थियो ।

कार्यक्रमको समापन समारोहमा, बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री मिठाराम अधिकारी प्रमुख अतिथि र कान्तिपुर प्रपर्टिजका श्री कुमारबहादुर थापा विशेष अतिथि साथै, अन्तर्राष्ट्रिय विशेष व्यक्तित्वहरू पनि त्यस समापन कार्यक्रमका शोभा हुनुहुन्थ्यो ।

एशियन मिक्स बक्सिङ्ग च्याम्पियनसपिका अध्यक्ष श्री सुमन लामाका अनुसार नेपाल, भारत, श्रीलङ्का लगायतका ९ देशबाट लगभग १५० जना खेलाडी सहभागीहरू हुनुहुन्छ ।

विभिन्न देशबाट प्रतिनिधि आउने क्रममा, वर्ल्ड मिक्स बक्सिङ्ग फेडेरेशनका अध्यक्षसमेत जर्मनीबाट आउनुभएको थियो भने, कार्यक्रमका आयोजक श्री सुमन लामाले यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न संघ/संस्था, व्यवसायी, विद्यालयहरूसँग सहकार्य गर्नुभएको थियो ।

भारत र श्रीलङ्काबाट आउनुभएका विभिन्न खेलाडी, अफिसियल र रेफ्रीहरूसँगै, नेपालबाट श्री राजेश तामाङ, श्रीमती सीता श्रेष्ठ, श्री सोनाम वाङ्मो लामा लगायत ६ जना र भारत तथा श्रीलङ्काबाट आउनुभएका रेफ्रीहरूले विभिन्न तौल र उमेर समुहका खेलाडीहरूलाई प्रतिस्पर्धामा खेल खेलाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *