शहिद मान बहादुर स्मृति कप २०८१ वडास्तरीय फुटबल प्रतियोगिता फर्पिङमा जारी

काठमाडाैं । दक्षिणकाली नगरपालिकामा शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजनामा दक्षिणकाली नगरपालिकामा “शहिद मान बहादुर स्मृति कप २०८१” नामक वडास्तरीय ९ ए साइड फुटबल लिग कम नक आउट प्रतियोगिता आज (शुक्रबार)देखि जारी छ ।

प्रतियोगिताको उद्घाटन नगरपालिका प्रमुख मोहन बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा शहिद मान बहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष सञ्जय लामा(उर्गेन)को सभाध्यक्षतामा भएको उद्घाटनमा नगर उप प्रमुख, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा काठमाडौंका जिल्ला इन्चार्ज हिमाल शर्मा लगायतका अतिथिहरूको उपस्थिति थियो ।

दक्षिणकालीमा शहिद मान बहादुर स्मृति कप फुटबल

प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका ८ वटा वडाहरूले भाग लिएका छन् । पहिलो खेल फागुन १६ गते वडा नम्बर ४ र वडा नम्बर ५ टिमले उद्घाटन खेलमा स्पर्धा गर्दा प्रतिस्पर्धासँग सुरू भएको थियो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” राष्ट्रिय नारालाई आत्मसाथ गर्दै आयोजित यस प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नु, युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्नु, र समुदायमा खेलकुदको भावना विकास गर्नु रहेको प्रतियोगिताका संयोजक एवं प्रतिष्ठानका महासचिव सुमन तामाङले बताउनुभयो ।

संयोजक तामाङले भन्नुभयो, “यो प्रतियोगिताको अवसरमा वीर शहिद मान बहादुर भोम्जनको उल्लेखनीय योगदान र बलिदानलाई सम्झन चाहन्छु । उहाँकै सम्मान र स्मृतिमा यो खेल आयोजना गरिएको हो । उहाँको साहस, समर्पण र प्रेरणादायी व्यक्तित्व हाम्रो लागि सधैं मार्गदर्शन रहिरहनेछ ।” शहीद मान बहादुर जनयुद्धका शहीद हुनुहुन्छ ।

शहिद मान बहादुर स्मृति कप २०८१ का लिग चरणका खेलहरू यस प्रकार छन्ः

टाइसीट

खेलहरू क्रमशः वडा टिमबीच प्रतिस्पर्धात्मक मोडमा सञ्चालन हुँदै छन् । प्रतियोगिताले नगरपालिकामा खेलकुदको महत्त्वलाई प्रवर्द्धन गर्दै सहभागीहरूको उत्साह र जोशलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *