पूर्वयुवराज पारस शाहलाई हृदयघात

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उहाँलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भन्नुभयो, ‘हर्ट अट्याक (हदयघात) भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’

पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उहाँमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उहाँको नर्भिकमै उपचार भएको थियो ।

त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।
रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *