काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ८ रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ७१ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँ निर्धारण गरिएको छ ।

