काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ५४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५५ हजार ७ सय रूपैयाँ नै निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० रूपैयाँ निर्धारण गरिएको छ ।

