काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन सुन प्रतितोला १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५४ हजार २ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रूपैयाँ निर्धारण गरिएको छ ।

