काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ ४७ पैसा, बिक्रीदर १ सय ३६ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ६८ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ ३२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५३ रुपैयाँ ९७ पैसा, बिक्रीदर १ सय ५४ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६२ पैसा, बिक्रीदर ९६ रुपैयाँ ४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १ रुपैयाँ ४ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ४९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९३ पैसा, बिक्रीदर ८ रुपैयाँ ९७ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा, बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ १६ पैसा, बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

