काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ २८ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४३ रुपैयाँ १३ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ ७७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५३ रुपैयाँ ९६ पैसा, बिक्रीदर १ सय ५४ रुपैयाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २२ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६१ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७० पैसा, बिक्रीदर ९६ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १ रुपैयाँ ५ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ४९ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा, बिक्रीदर ९ रुपैयाँ ३ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ १ पैसा, बिक्रीदर ३६ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ११ पैसा, बिक्रीदर ३७ रुपैयाँ २७ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

