काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको खरिददर १ सय ३५ रुपैयाँ २१ पैसा, बिक्रीदर १ सय ३५ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४३ रुपैयाँ ७ पैसा, बिक्रीदर १ सय ४३ रुपैयाँ ७१ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकले स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५४ रुपैयाँ ८ पैसा, बिक्रीदर १ सय ५४ रुपैयाँ ७६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा, बिक्रीदर ८७ रुपैयाँ २१ पैसा निर्धारण भएको जनाएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा, बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय रुपैयाँ ९२ पैसा, बिक्रीदर १ सय १ रुपैयाँ ३७ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा, बिक्रीदर ९ रुपैयाँ २ पैसा तय भएको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा, बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९ पैसा, बिक्रीदर ३७ रुपैयाँ २५ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

