काठमाडौं । स्थानीय बजारमा आज सुनकाे मूल्य तोलामा १ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ५३ हजार ३ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला १ हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार सात सय ९५ निर्धारण भएको छ ।

